Logo

अर्थ

सेयर बजारमा २५ अंकको गिरावट, करिब ४ अर्बकाे कारोबार



काठमाडौं । आज साताको पहिलो दिन सेयर बजार दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक २५.४१ अंकले घटेर २६०९ को विन्दुमा कायम भएको छ । आज ४३ कम्पनीको सेयर मूल्य बढेको छ भने १९४ कम्पनीको सेयर मूल्य घटेको छ ।

आज ३ अर्ब ९९ करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै एनआरएनको सेयर कारोबार भएको छ । यस कम्पनीको २० करोड ४१ लाख रुपैयाँको सेयर कारोबार भएको छ । सिन्धु विकास बैंकको १८ करोड ८० लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै विन नेपाल लघुवित्त वित्तीय संस्था र सिन्धु विकास बैंकका लगानीकर्ताले कमाएका छन् । यी २ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् ।

आज सबैभन्दा धेरै न्यादी हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

प्रकाशित मिति : २८ पुष २०८१, आईतवार १५:१५   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।