Logo

अर्थ

माछापुच्छ्रे बैंकको २६औँ वार्षिक साधारणसभा सम्पन्न



काठमाडाैं । माछापुच्छ्रे बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएकाे छ । आज माछापुच्छ्रे बैंकको सभा होटल पोखरा ग्राण्ड, पोखरामा  सम्पन्न भएकाे हाे ।

साधारणसभा आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिबेदन पारित गर्दै सम्पन्न भएको छ । उक्त साधारण सभाले जय मुकुन्द खनाल, मनिषा भण्डारी र सुनिल नारायण श्रेष्ठलाई बैंक सञ्चालक समितिको सदस्य पदमा निर्बिरोध निर्वाचित गरेकाे छ ।

बैंंक सञ्चालक जय मुकुन्द खनालले स्वागत मन्तव्य राख्दै उक्त सभामा अर्का सञ्चालक मुकुन्द महत ज्यू जि.पि.राजबहाक एण्ड कम्पनीलाई पुनः लेखापरीक्षक नियुक्त गर्न प्रस्ताव गरेकाे प्रस्ताव सर्वसम्मतिबाट पारित भएको छ ।

उक्त साधारणसभामा बोल्दै बैंकका अध्यक्ष रोशन के.सीले प्रविधिको विकास संगसंगै यसमा देखा परेका चुनौतीहरुलाई कम गर्दै ग्राहकलाई जोखिमरहित सेवा प्रदान गर्न नयाँ नयाँ प्रविधिहरुलाई आत्मसात् गर्दै आएको र समग्र देशको आर्थिक स्थितिलाई मजबूत बनाउन यथासक्य योगदान पु¥याउने उद्धेश्यका साथ निक्षेप तथा कर्जा लगानीलाई सन्तुलित रुपमा वृद्धि गरी कर्जाको गुणस्तरमा सुधार गर्दै कृषि, नविकरणीय उर्जा, साना तथा मझौला उद्योग लगायतका क्षेत्रहरुमा आफ्नो लगानी विस्तार गर्ने कार्यलाई प्राथमिकतामा राखेर बैंक अगाडी बढिरहेको जानकारी गराए ।

त्यस्तै बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले बैंकले मुनाफामा भन्दा पनि दिगो बैंकिङ्गमा जोड दिईरहेको र ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै अन्तराष्ट्रिय स्तरको गुणस्तरीय सेवा प्रदान गर्नको निमित्त बैंक निरन्तर लागि परिहेको बताए ।

उक्त साधारण सभामा बैंकको संस्थापक शेयरधनी को तर्फबाट पूर्व बन तथा वातावरण मन्त्री डा. विरेन्द्र महतो एंव समाजसेवी प्रेमकुमारी के.सी.ले पनि सहभागिता जनाएका थिए । सभामा अन्य संस्थापक एंव साधारण शेयरधनीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २८ पुष २०८१, आईतवार १७:२४   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।