Logo

अर्थ

राष्ट्र बैंकद्वारा मनोकामना मनिचेञ्जरको इजाजत खारेज



काठमाडौं । नेपाल राष्ट्र बैंकले वीरगञ्जको मनोकामना मनिचेन्जर वीरगञ्ज प्रालिको इजाजत खारेज गरेको छ ।

राष्ट्र बैंकले भारतीय मुद्राको खरिद बिक्री गर्न इजाजत प्राप्त गरेको उक्त मनिचेन्जरको इजाजत खारेज गरेको जनाएको छ ।

‘भारतीय रुपैयाँ खरिद बिक्री गर्न इजाजतपत्र प्राप्त गरेको मनोकामना मनिचेन्जर वीरगञ्ज प्रालि वीरगञ्ज, पर्साको नेपाल राष्ट्र बैंक, मनिचेन्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ (चौथो संशोधनसहित) को विनियम १९ को उपविनियम (३) मा भएको व्यवस्था बमोजिम इजाजतपत्र रद्द गर्ने निर्णय भएको छ,’ राष्ट्र बैंकले भनेको छ ।

प्रकाशित मिति : २९ पुष २०८१, सोमबार १२:५३   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।