काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सरकारले ल्याएको अध्यादेशका विषयवस्तु सार्वजनिक गर्ने भएका छन् । प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा दिउँसो ४ बजे पत्रकार सम्मेलन गरेर अध्यादेशका विषयवस्तु सार्वजनिक गर्न लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
अध्यादेशबारे आलोचना र विरोध भएपछि प्रधानमन्त्री अध्यादेशका विषयवस्तु सार्वजनिक गर्ने निर्णयमा पुगेको बुझिएको छ ।
विपक्षी दलहरूले सरकारले संसद बन्द गरेर अध्यादेशबाट शासन गर्न खोजेको आरोप लगाएपछि प्रधानमन्त्रीले प्रष्ट पार्न लागेका हुन् ।




















प्रतिक्रिया