काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका तर्फबाट मन्त्री भएकाहरूलाई छलफलका लागि बोलाएका छन् । सभापति देउवाले आफ्नो पार्टीका मन्त्रीहरूलाई बिहीबार बिहान आफ्नै निवास बुढानीलकण्ठमा छलफलका लागि बोलाएको सभापति देउवाको सचिवालयले जनाएको छ ।
एमाले अध्यक्ष ओली नेतृत्वको सरकारमा काङ्ग्रेसबाट १० र २ राज्यमन्त्रीसहित १२ जना छन् ।
सरकार गठन भएको ६ महिनासम्म पनि ओली सरकारले जनअपेक्षित काम गर्न नसकेको भन्दै आलोचना भइरहेको बेलामा देउवाले आफ्ना मन्त्रीहरूसँग छलफल गर्न लागेका हुन् ।
सरकारको कामको कांग्रेसका इतर पक्षका नेताहरू मात्रै नभएर संस्थापन पक्षका नेताहरूले विरोध गर्न थालेका छन् ।




















प्रतिक्रिया