Logo

प्रमुख समाचार

माघ १६ गते काठमाडौंमा आमसभा गर्ने समाजवादी मोर्चाको निर्णय



काठमाडौं । विपक्षी समाजवादी मोर्चाको माघ १६ गते कार्यक्रम गर्ने निर्णय गरेको छ । बुधबार आलोकनगरमा बसेको मोर्चाको बैठकले कार्यक्रम गर्ने निर्णय गरेको हो ।

यो कार्यक्रमले बाहिर सकारात्मक सन्देश दिने विश्वास व्यक्त गरेकाे विप्लव नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड)ले जानकारी दिए ।

‘माघ १६ गते काठमाडौंमा समाजवादी मोर्चाको तर्फबाट कार्यक्रम गरौं भन्ने निर्णय भएको छ,’ उनले भनेका छन् ।

यस्तै कार्यदलले माघ १० गतेदेखि १२ गतेभित्र प्रतिवेदनलाई अन्तिम रुप दिएर शीर्ष नितालाई बुझाउने विश्वकर्माले जानकारी दिए । यसैगरी सरकारको गतिविधिबारे गम्भीर छलफल भएको उनले बताए ।

प्रकाशित मिति : २ माघ २०८१, बुधबार १६:३९   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।