Logo

अर्थ

तोलामा १२ सय बढ्यो सुन, कतिमा हुँदैछ काराेबार?



काठमाडौं । बिहीबार सुनचाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा १२ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५६ हजार ६०० रुपैयाँ कायम छ ।

बुधबार छापावाल सुन प्रतितोला १ लाख ५५ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य पनि तोलामा ५० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला १ हजार ८८० रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला १ हजार ८३० मा किनबेच भएको थियो ।

प्रकाशित मिति : ३ माघ २०८१, बिहीबार १०:५३   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।