Logo

अर्थ

सिद्धार्थ बैंकको नगद लाभांश खातामा जम्मा



काठमाडौं । सिद्धार्थ बैंकले नगद लाभांश आफ्ना सेयरधनीहरुकाे खातामा जम्मा गरेको छ । बैंकले डिम्याट खातामा बैंक खाता अद्यावधिक गराएका सेयरधनीलाई पुस २८ गतेबाट नगद लाभांश जम्मा गर्न सुरु गरेको जनाएको छ ।

बैंकले नगद लाभांश खातामा नआएका सेयरधनीलाई डिम्याट खाता र बैंक खाता अपडेट गर्न भनेको छ । अपडेट गरेपछि मात्र उक्त लाभांश सेयरधनीले प्राप्त गर्नेछन् । बैंकको पुस २८ गते सम्पन्न साधारण सभाले आर्थिक वर्ष २०८०/८१ को नाफाबाट सेयरधनीलाई ४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

प्रकाशित मिति : ३ माघ २०८१, बिहीबार ११:२५   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।