काठमाडौं । सत्तासाझेदार दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेससँग समन्वय र छलफल गरेरै अध्यादेश ल्याएको बताएको छ ।
सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा दलबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरूसँगको छलफलमा सरकारले ल्याएको अध्यादेशको विषयलाई सकारात्मक रूपमा लिनुपर्ने महामन्त्रीले ब्रिफिङ गरेको युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले बताए ।
‘सरकारले ल्याएको अध्यादेश हामीसँग छलफल भएरै अध्यादेश आएको हो । यसमा चर्चा परिचर्चा गर्न आवश्यक छैन भनेर भन्नुभयो‚’ उनले भने ।




















प्रतिक्रिया