Logo

प्रमुख समाचार

कांग्रेसद्धारा ३ संसदीय समितिको संयोजक नियुक्त



काठमाडौं । नेपाली कांग्रेसले संसदीय खाली भएका तीनवटा संसदीय समितिको संयोजक नियुक्त गरेको छ ।

बिहीबार बसेको नेपाली कांग्रेस संसदीय दल कार्यसमिति र मन्त्रीहरूको संयुक्त बैठकले संसदीय दल अनुशासन समिति निर्माण गर्ने निर्णय गर्दै संयोजक दिलेन्द्रप्रसाद बडूलाई तोकेको छ ।

त्यस्तै बैठकले अर्थ समितिमा डा.प्रकाशशरण महत, कृषिमा चन्दा चौधरी र सञ्जय गौतमलाई सार्वजनिक लेखा समितिमा नियुक्त गरेको छ ।

प्रकाशित मिति : ३ माघ २०८१, बिहीबार १४:१७   :  बजे

63
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।