काठमाडौं । आज साताको अन्तिम दिन सेयर बजार घटेको छ । नेप्से परिसूचक ७.३३ अंकले घटेर २५८८ को विन्दुमा कायम भएको छ ।
आज ८८ कम्पनीकाे सेयर मूल्य बढेको छ भने १५२ कम्पनीको सेयर मूल्य घटेको छ ।
आज ५ अर्ब ९३ करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै सिन्धु विकास बैंकको सेयर कारोबार भएको छ । यस कम्पनीको २८ करोड ५७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै बोटलर्स नेपाल बालाजु, विन नेपाल लघुवित्त वित्तीय संस्था र मन्दाकिनी हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । यी ३ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् ।
आज सबैभन्दा धेरै पोखरा फाइनान्सका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।




















प्रतिक्रिया