काठमाडौं । एमएडब्लू वृद्धिले सोल्टी होटेलमा आयोजित एक समारोहमा आफ्नो अपग्रेड गरिएको र थप शक्तिशाली इलेक्ट्रिक एसयुभी डीपल S07L सार्वजनिक गरेको छ ।
एमएडब्लू वृद्धिका अध्यक्ष विष्णु अग्रवाल, डीपलका स्टार ब्रान्ड एम्बेसडर र क्यानका सचिव पारस खड्का र एमएडब्लू वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकरियाद्वारा डिपल S07L सार्वजनिक गरेको हो ।
कार्यक्रममा बोल्दै विष्णु अग्रवालले प्रिमियम उत्पादन, उन्नत प्रविधि र उत्कृष्ट आफ्टर सेल्स सेवाहरूमार्फत ग्राहक अनुभवहरू वृद्धि गर्ने एमएडब्लूको प्रतिबद्धतामा जोड दिए ।
‘हामीले ९१ वटा चार्जिङ स्टेसनहरू स्थापना गरेका छौँ जुन नेपालको सबैभन्दा ठूलो नेटवर्क हो। यो ईभी स्वामित्वलाई निर्बाध र सुविधाजनक बनाउने एमएडब्लू वृद्धिको प्रतिबद्धताकै एक हिस्सा हो,‘अग्रवालले भने। उनले सवारी साधनप्रतिको विश्वास र सकारात्मक प्रतिक्रियाको लागि ग्राहकहरूलाई धन्यवाद पनि दिए।
उच्च पर्फर्मेन्स र लामो रेन्ज
दीपल एस ०७ एलमा १६० किलोवाट क्षमताको रियर ह्वील ड्राइभ मोटर रहेको छ, जुन पहिलेको रेगुलर भर्सनको तुलनामा ६० किलोवाट बढी शक्तिशाली हो । यसमा ७९.९ किलोवाट आवरको ब्याट्रीप्याक जडान गरिएको छ, जसले सिंगल चार्जमा ४८५ किलोमिटर डब्लूएलटीपी रेन्ज दिन्छ ।
स्पीड र पर्फर्मेन्सका लागि विशेष रूपमा डिजाइन गरिएको यस एसयूभीले ० देखि १०० किलोमिटर प्रतिघण्टाको गति मात्र ६.६ सेकेन्डमा हासिल गर्छ। यसको अधिकतम गति १८० किलोमिटर प्रतिघण्टा रहेको छ ।
अत्याधुनिक फिचर र सुरक्षा
यो एसयूभीमा मोटर र ब्याट्रीको क्षमता बाहेकका अन्य फिचरहरू पनि उल्लेखनीय छन्। यसमा फ्रेमलेस डोर, २० इन्चका ठूला टायर, र बोल्ड एक्सटेरियर डिजाइन रहेको छ। क्याबिनभित्र १५.६ इन्चको सनफ्लावर टचस्क्रीन, क्वालकम स्नेपड्रागन ८१५५ चिपसेट, अग्मेन्टेड रियालिटी हेडअप डिस्प्ले, र जेस्चर कन्ट्रोल जस्ता अत्याधुनिक प्रविधि उपलब्ध छन् ।
सुरक्षाका लागि यसमा एआइसीसी एडाप्टिभ क्र्युज कन्ट्रोल, एक्टिभ इमर्जेन्सी ब्रेकिङ, ब्लाइन्ड स्पट मनिटरिङ र ३६० डिग्री पानोरामिक क्यामेरा जस्ता फिचरहरू समावेश गरिएको छ ।
मूल्य र अफर
दीपल एस ०७ एलको मूल्य ८४ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। तर, प्रारम्भिक अफरअन्तर्गत १५ दिनभित्र खरिद गर्ने ग्राहकले ८१ लाख ९९ हजार रुपैयाँमा यो एसयूभी किन्न सक्नेछन् ।




















प्रतिक्रिया