Logo

अर्थ

नबिलले कमायो सवा ३ अर्ब नाफा, प्रतिसेयर आम्दानी कति?



काठमाडौं । नबिल बैंकले चालु आर्थिक वर्ष २०८१/८२ काे पहिलो ६ महिनामा ३ अर्ब २४ करोड रुपैयाँ खुद नाफा कमाएको छ ।

गत वर्षको सोही अवधिमा भने ३ अर्ब २० करोड रुपैयाँ नाफा कमाएको थियाे ।

गत आव पहिलो ६ महिनामा बैंकको ब्याज आम्दानी ८ अर्ब २४ करोड रुपैयाँ रहेकोमा यस वर्ष त्यो ४.२१ प्रतिशतले घटेर ७ अर्ब ८९ करोड ५९ लाखमा अडेको छ । बैंकको खुद शुल्क तथा कमिसन आम्दानी गत वर्ष १ अर्ब ४८ करोड ४३ लाख बाट १.८२ प्रतिशत बढेर १ अर्ब ५१ करोड १४ लाख रुपैयाँ पुगेको छ ।

नाफासँगै बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) पनि बढेको छ । बैंकको ईपीएस २३ रुपैयाँ ७४ पैसा बढेर २४ रुपैयाँ ०५ पैसा पुगेको छ ।

प्रकाशित मिति : ७ माघ २०८१, सोमबार १०:५१   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।