काठमाडौं । एनआइसी एसिया बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म १५ करोड १७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत वर्षको यसैअवधिको भन्दा ९२.०३ प्रतिशतले थोरै हो । गत वर्ष यसले १ अर्ब ९० करोड रुपैयाँ नाफा कमाएको थियो ।
खुद ब्याज आम्दानी ६.४० प्रतिशतले घटेर ५ अर्ब १८ करोड कायम भएको छ । गत वर्ष उक्त आम्दानी ५ अर्ब ५४ करोड थियो ।
त्यस्तै, बैंकको इम्पेयरमेन्ट चार्ज ४८ करोडबाट बढेर २ अर्ब ५३ करोड पुगेको छ । बैंकको सञ्चालन नाफा पनि ९०.४० प्रतिशतले घटेको छ । चुक्ता पुँजी १४ अर्ब ९१ करोड ७५ लाख रुपैयाँ रहेको यस बैंकको जगेडा कोषमा १७ अर्ब ४१ करोड रुपैयाँ जम्मा रहेको छ ।
यसको प्रतिसेयर आम्दानी २३ रुपैयाँ ५५ पैसाले घटेर २ रुपैयाँ ०४ पैसामा झरेको छ । यसको प्रतिसेयर नेटवर्थ १९८ रुपैयाँ ९२ पैसा रहेको छ ।




















प्रतिक्रिया