Logo

अर्थ

छेडछाड गरी नाफा बढाएर सांग्रिला डेभलपमेन्ट बैंकले गर्यो वित्तीय विवरण प्रकाशित



काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार बैंकले १९ करोड ६५ लाख रुपैयाँ खुद नाफा र वितरण योग्य मुनाफा २५ करोड २५ लाख देखाएको छ।

तर बैंकले प्रकाशित गरेको उक्त विवरणमा साधारणसभाले  स्वीकृत गरेको ३.६५ प्रतिशतको वोनस सेयर र ०.१९ प्रतिशतको लाभांश वितरण गर्ने प्रस्ताव स्वीकृत गरेकोमा उक्त बोनस शेयर र नगद लाभांश बराबरको रकम कट्टा नगरी कृतिम नाफा देखाएको छ।

बैंकको संचालक समितिले प्रस्ताव गरेबमोजिम हाल कायम ३ अर्ब ४३ करोड ९ लाख ७१ हजार ३ सय दुई रुपैयाँ चुक्ता पुँजीको ३. ६५ प्रतिशतले हुन आउने रकम १२ करोड ५२ लाख ८४ हजार ४ सय सत्र रुपैयाँ बोनस शेयर जारी गर्ने प्रस्ताव साधारण सभाले पारित गरेको छ ।

त्यस्तै, बोनस शेयर तथा कर प्रयोजनका लागि नगद लाभांशसमेत गरी कुल लाभांसमा लाग्ने कर भुक्तानी प्रयोजनका लागि चुक्ता पुँजीको ०.१९२२ प्रतिशतले हुने आउने रकम ६५ लाख ९३९ सय सत्र रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिसकेको छ।

समिक्षा अवधीमा बैंकले वितरण योग्य मुनाफा २५ करोड २५ लाख देखाएको छ तर पारित लाभांशको रकम कट्टा गरेपछि यो नाफा झन्डै आधा अर्थात् १३ करोडमा मात्र सिमित हुन्छ। अघिल्लो त्रैमासमा यस्तो नाफा २१ करोड ३६ लाख ५७ हजार ऋणत्मक थियो।

त्यस्तै बैंकको ब्याज आम्दानी ९१ करोड ८२ लाख रुपैयाँ रहेको छ । यसले गत वर्षको सोही अवधिमा गरेको यस्तो ब्याज आम्दानी ९४ करोड ६३ लाख रुपैयाँ थियो । यो बैंकले यस अवधिमा नेट फि एन्ड कमिसनबापतको आम्दानी १ अर्ब २ रुपैयाँ आम्दानी गरेको देखिएको छ । बैंकको कुल सञ्चालन आम्दानी ८४ करोड ३९ लाख रुपैयाँ रहेको छ । यस्तो आम्दानी गत वर्ष सोही अवधिमा ६६ करोड ३६ लाख रुपैयाँ रहेको छ ।

यो बैंकको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८३.६९ प्रतिशत रहेको छ । खराब कर्जा अनुपात ४‍‌.९९ प्रतिशत रहेको यस बैंकको प्रतिसेयर आम्दानी ११ रुपैयाँ ४६ पैसा रहेको छ भने यसको प्रति सेयर नेटवर्थ १५० रुपैयाँ ७१ पैसा रहेको छ । हाल बैंकको जगेडा कोषमा १ अर्ब ४८ करोड रुपैयाँ रहेको छ ।

प्रकाशित मिति : ७ माघ २०८१, सोमबार ११:५२   :  बजे

513
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।