काठमाडौं । पुस मसान्तसम्म आइपुग्दा वाणिज्य बैंकहरुले २७ अर्ब ४३ करोड ६९ लाख ९६ हजार रुपैयाँ खुद नाफा कमाएका छन् । अघिल्लो वर्षको तुलनामा बैंकहरुको नाफा ४.६२ प्रतिशतले घटेको हो । अघिल्लो आर्थिक वर्षको यही अवधिमा यस्तो नाफा २८ अर्ब ७६ करोड रुपैयाँ रहेको थियो ।
चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरणअनुसार २० वाणिज्य बैंकहरुमध्ये ९ वाणिज्य बैंकहरुको नाफा घट्दा समग्रमा बैंकहरुको खुद नाफा घट्न पुगेको हो । समीक्षा अवधिमा ११ बैंकहरुको नाफा भने बढेको छ ।
यो अवधिमा वाणिज्य बैंकमध्ये सबैभन्दा धेरै नाफा नबिल बैंकले कमाएको छ । बैंकले ३ अर्ब २४ करोड रुपैयाँ नाफा कमाएकाे हाे ।
त्यस्तै, सबैभन्दा थाेरै नाफा कमाउनेमा एनआईसी एशिया बैंक रहेकाे छ । बैंकले १५ करोड १७ लाख रुपैयाँ कमाएको उल्लेख छ ।
त्यस्तै, ग्लोबल आईएमई बैंकको ३ अर्ब ५ करोड, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको २ अर्ब ८३ करोड, एभरेष्ट बैंकको २ अर्ब ७ करोड, एनएमबि बैंकको २ अर्ब, प्राइम बैंकको १ अर्ब ८६ करोड स्ट्यान्डर्ड चार्टर्ड बैंकको १ अर्ब ६४ करोड र हिमालयन बैंकको नाफा १ अर्ब ५१ करोड रुपैयाँ रहेको छ ।
त्यस्तै, प्रभु बैंकको १ अर्ब ३३ करोड, सानिमा बैंकको १ अर्ब १९ करोड, लक्ष्मी सनराइज बैंकको १ अर्ब १६ करोड, कृषि विकास बैंकको ९५ करोड, नेपाल एसबीआई बैंकको ९० करोड, माछापुच्छ्रे बैंकको ८० करोड, राष्ट्रिय वाणिज्य बैंकको ७६ करोड, सिटिजन्स बैंकको ६६ करोड, सिद्धार्थ बैंकको ५३ करोड, नेपाल बैंकको ४६ करोड र कुमारी बैंकको २७ करोड नाफा रहेको देखिएको छ ।





















प्रतिक्रिया