काठमाडौं । एमएमबि क्यापिटलले माघ २४ गतेदेखि म्युचुअल फन्ड योजना बिक्री गर्ने भएको छ । एनएमबि म्युचुअल फन्ड अन्तर्गत ‘एनएमबि हाइब्रिड फन्ड एल–२’ को १२ करोड इकाई बिक्री गर्न लागेको हो । प्रतिइकाई १० रुपैयाँको दरले उक्त योजना जारी हुनेछ ।
कुल योजनामध्ये १ करोड ६८ लाख इकाई कोष प्रवर्धक एनएमबि बैंक र १२ लाख इकाई योजना व्यवस्थापक एनएमबि क्यापिटलले खरिद गर्नेछन् । बाँकी रहेको १० करोड २० लाख इकाई सर्वासाधरणको लागि सार्वजनिक निष्कासन हुनेछ ।
यसमा न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड २० लाख इकाईसम्म आवेदन दिन सकिनेछ । सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ ।
यसमा माघ २८ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा फागुन ११ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।




















प्रतिक्रिया