काठमाडौं । आज सेयर बजार भारी अंकले बढेको छ । नेप्से परिसूचक ५२.३६ अंकले बढेर २६६५ को विन्दुमा कायम भएको छ ।
आज १९६ कम्पनीको सेयर मूल्य बढेको छ भने ३७ कम्पनीको मूल्य घटेको छ ।
आज ९ अर्ब २० करोड रुपैयाँको सर्यर कारोबार भएको छ । आज सबैभन्दा धेरै एनआरएनको सेयर कारोबार भएको छ । यस कम्पनीको ६१ करोड ३६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल पुनर्बीमा कम्पनीको ४१ करोड २९ लाख रुपैयाँको कारोबार भएको छ ।
आज सबैभन्दा धेरै कर्पोरेट डेभलपमेन्ट बैंक र दोल्ती पावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । यी २ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै बराही हाइड्रोपावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानकिर्ताले ८.२१ प्रतिशतका दरले गुमाएका हुन् ।




















प्रतिक्रिया