काठमाडौं । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि आरएनपी–एआर (रिक्वायर्ड नेभिगेसन पफर्मेन्स–अथोराइजेसन रिक्वायर्ड) प्रणालीबाट अवतरण सुरु भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले पाइलट र जहाजलाई आजदेखि उडान र अवतरण गर्न अनुमति दिने व्यवस्था गरेको हो।
अबदेखि विमानस्थलमा आँखाले देखेर उडान तथा अवतरण गर्नुपर्ने आवश्यकता हटेको छ । यसअघि यस विमानस्थलमा कम्तिमा १८०० मिटरको भिजिबिलिटी चाहिन्थ्यो, तर अब आरएनपी–एआर प्रणालीका माध्यमबाट सानो जहाजको लागि ८०० मिटर र ठुला जहाजको लागि ९०० मिटरको भिजिबिलिटी पर्याप्त हुनेछ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुलले भने ‘यस प्रणाली अन्तर्गत उडान र अवतरण गर्नका लागि विमानमा आवश्यक पूर्वाधार निर्माण र पाइलटलाई विशेष तालिम प्राप्त हुनु अनिवार्य छ।’
यस प्रणालीको पूर्ण कार्यान्वयनमा अझै केही समय लाग्न सक्ने प्राधिकरणको भनाइ छ ।




















प्रतिक्रिया