Logo

अर्थ

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ काराेबार?



काठमाडाैं । नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज सुनको मूल्य प्रतितोला २०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएकाे छ ।

आज छापावाला सुन प्रतितोला १ लाख ६० हजार ४०० रुपैयाँमा कारोबार भईरहेको छ ।

गत शुक्रबारको बजारमा छापावाला सुन प्रतितोला १ लाख ६० हजार ६०० रुपैयाँमा काराेबार भएको थियो ।

त्यस्तै, चाँदीको मूल्य आज प्रतितोला १५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोला १ हजार ८६५ रुपैयाँमा किनबेच भईरहेको छ ।

शुक्रबार चाँदी प्रतितोला १ हजार ८८० रुपैयाँमा किनबेच भएको थियो ।

प्रकाशित मिति : १३ माघ २०८१, आईतवार ११:४८   :  बजे

135
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।