Logo

प्रमुख समाचार

कांग्रेस संसदीय दलको बैठक : सदनमा दरिलो उपस्थितिको रणनीति बनाइने



काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक सुरु भएको छ । संसदीय दलको कार्यालय सिंहदरबारमा दिउँसो २ बजेदेखि सुरु हुने भनिएको बैठक केही अबेर गरी सुरु भएको हो ।

बैठकमा संसद्को हिउँदे अधिवेशनबारे छलफल भइरहेको कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए ।साथै, सदनमा दरिलो उपस्थितिको रणनीति बनाइने उनले बताए ।

घिमिरेका अनुसार आउँदो अधिवेशनमा प्रस्तुत हुने नयाँ विधेयकहरू तथा यसअघि नै प्रस्तुत भइसकेका तर, विभिन्न समितिमा छलफलको चरणमा रहेका विधेयकहरू र सरकारले ल्याएका अध्यादेशमाथि छलफल गरि टुंगोमा पुगिनेछ ।

आउँदो १८ माघबाट संघीय संसद्को अधिवेशन सुरु हुँदैछ । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले अधिवेशन आह्वान गरिसकेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले अधिवेशनमा सम्बोधन गर्ने भएका छन् ।

प्रकाशित मिति : १३ माघ २०८१, आईतवार २१:००   :  बजे

48
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।