Logo

प्रमुख समाचार

कांग्रेस बैठकमा विदेशी एजेन्टले तालिम दिएकाे शंकर भण्डारीको आरोप



काठमाडौं । सत्तारुढ घटक नेपाली कांग्रेस संसदीय दलको बैठकमा अध्यादेशबारे प्रशिक्षण दिन विज्ञका रूपमा गएकाहरूको योग्यतामाथि प्रश्न उठेको छ ।

सांसद एवं पूर्वमन्त्री शंकर भण्डारीले यस विषयमा प्रश्न गरेका हुन् । भण्डारीले बीआरआई कार्यान्वयन सम्झौता गराउन सत्ता गठबन्धनको सहयोगीका रूपमा काम गरेका अधिवक्ता सेमन्त दाहालतर्फ लक्षित गरेको बताइएको छ ।

विदेशी एजेन्टहरूले सांसदलाई तालिम दिनु गम्भीर चिन्ता र शंकाको विषय भएको भन्दै उनको भनाइ उद्धृत गर्दै बैठकमा सहभागी एक सांसदले भने । भण्डारीले भनेका थिए ‘संसदीय दलको बैठकमा विदेशी एजेन्ट हावी भए, यो ठीक होइन ।’

सभापतिजी जनआन्दोलनका कमाण्डर किसुनजीले पार्टी छाडेको इतिहास छ । यो बैठक सञ्जालन प्रक्रिया देखेर मलाई गम्भीर बनायो । जनताले जिताएरै पठाए त्यो नै सर्वोत्कृष्ट उत्तीर्ण हो तर यहाँ कुन विधाको मान्छे पढाइरहेको छ ?’, भण्डारीले बैठकमा प्रश्न गरेका थिए ।

महामन्त्री गगन थापाले सचिवालयमा काम गरिरहेका दाहाललाई संसदीय दलको बैठकमा एनजीओको गोष्ठी जसरी विज्ञको रूपमा उभ्याएको भन्दै उनले आपत्ति जनाएका थिए ।

त्यस्तै स्वास्थ्यमन्त्री प्रदीप पौडेलको सल्लाहकार प्रताप पौडेलले पनि पार्टी बैठकमा नेतालाई पढाउने गरेको भन्दै उनले प्रश्न गरेका थिए ।

प्रकाशित मिति : १४ माघ २०८१, सोमबार ०७:५७   :  बजे

165
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।