Logo

प्रमुख समाचार

प्रचण्डलाई ओलीको जवाफ- ‘अब ०६४ को जमाना छैन’



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ०६४ सालको चुनावमा जस्तै भोट दिएर भ्रष्टाचारको जरा उखेलेर फाल्ने कुरा गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त बयानको कडा जवाफ दिएका छन् ।

दाङको तुलसीपुरमा शुक्रबार आयोजित खबरदारी सभामा प्रचण्डले उक्त कुरा गरेपछि ओलीले सोमबार भक्तपुरको सूर्यविनायक नगरपालिकामा एक प्रशासकीय भवन उद्घाटन कार्यक्रममा प्रतिक्रिया जनाए ।

उनले भने, ‘अब ०६४ को जमाना गइसकेको छ। त्यस बेला क्याम्पमा लडाकु थिए, आतंक थियो, त्रास थियो। सोझा जनतालाई दबाएर हाक्ने जोसजाह छ भने त्यो अब सम्भव छैन।’

 

प्रकाशित मिति : १४ माघ २०८१, सोमबार १६:०२   :  बजे

255
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।