काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षी दलहरूले भ्रमको खेती गरिरहेको आरोप लगाएका छन् । सोमबार सूर्यविनायक नगरपालिकाको प्रशासकीय भवन उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले आफू आईसीयूमा रहेको तस्बिर प्रकाशित हुने तर खोक्न नपाएको स्थितिमा समाचार बनाउने प्रवृत्तिबारे आलोचना गरे।
प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रति लक्षित गर्दै उनले भने, ‘सरकार आजै ढल्छ, भोलि ढल्छ भन्ने छाती पिटाइ, कपाल लुछाइ र बिलौनाको कुनै काम छैन । देशलाई स्थायित्व र स्थिरता दिन बनेको दुई तिहाइको सरकार हो यो । हामीले प्रधानमन्त्रीको चकलेट छाडेर यो सरकार बनाएका हौँ, त्यस्तालाई साथ लिएर प्रधानमन्त्री बन्दा देश बन्दैन भनेर ।’
त्यस्तै, प्रधानमन्त्री ओलीले आफू बिरामी हुँदा भएका समाचारको प्रचारप्रति पनि असन्तुष्टि व्यक्त गरे ।
प्रधानमन्त्री ओलीले भने, ‘खोक्न पाएको छैन, आईसीयूमा भएको तस्बिर आउँछ। फोटोहरू आउँछन्, म आईसीयूमा छु कि कहाँ छु, तपाईँहरूले देखिरहनुभएको छ।’ उनले भने, यस किसिमका प्रचारले कुनै फाइदा नहुने र आफ्नो स्वास्थ्य स्थिति सामान्य रहेको स्पष्ट पारे। उनले थपे, ‘औषधीको प्रभावले केही कमजोरी महसुस गरेको भए पनि, म चाँडै ठिक हुनेछु।’




















प्रतिक्रिया