काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले संसदीय दलको बैठक बोलाएको छ । बिहीबार दिउँसो १ बजे बस्नेगरी दलको बैठक बोलाइको हो ।
बैठकमा पछिल्ला समसामयिक राजनीतिक घटनाक्रम, संसदमा उपस्थिति, सरकारले ल्याएको अध्यादेश लगाएको विषयमा छलफल हुने जनाइएको छ । बैठकमा पार्टी अध्यक्ष तथा संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले विकसित राजनीतिक घटनाक्रमबारे जानकारी गराउनेछ ।




















प्रतिक्रिया