Logo

अर्थ

त्रिभुवन विमानस्थलको मर्मत अवधि दुई घन्टा घटाइँदै, दुई नयाँ वायुसेवाको उडानसँगै रिसेड्युल हुँदै



काठमाडौं । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको मर्मत अवधि आगामी शनिबारदेखि दुई घन्टा घटाइने भएको छ । मर्मत अवधि घटाएसँगै अब विमानस्थलको सञ्चालन अवधि भने बढ्ने छ ।

गत कात्तिकदेखि १४ घन्टा मात्र सञ्चालनमा रहेको विमानस्थल आउँदो शनिबारदेखि १६ घण्टा सञ्चालन हुने विमानस्थल कार्यालयले जनाएको छ ।

यसअघि राति १० बजेदेखि उडान बन्द हुँदै आएको विमानस्थल शनिबारदेखि राति ११ बजे बन्द भएर बिहान ७ बजे खुल्ने नागरिक उड्डयन प्राधिकरणको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाका निर्देशक दीपेन्द्र श्रेष्ठले जानकारी दिए ।

विमानस्थलको उडान समय थप भएसँगै भारतीय वायुसेवा स्पाइस जेट र एयर इयर इण्डिया एक्सप्रेसले पुनः उडान गर्न चाहेका छन् ।

उडान समय बढ्ने भएसँगै आन्तरिक र विदेशी वायुसेवाको उडान समय पनि बढ्ने भएको छ । यसका लागि आन्तरिक र वाह्य उडानका वायुसेवाले पनि रिसेडेयुल गरेर उडान थप गर्ने इच्छा देखाएको विमानस्थल कार्यालयले जनाएको छ ।

आयोजनाले विमानस्थलको दक्षिण–पश्चिमतर्फ समानान्तर ‘ट्याक्सी वे’, उत्तरतर्फको ‘इन्टरनेसनल एप्रोन’ र विमानस्थलको पूर्वतर्फको ‘ह्याङ्गर एप्रोन’ लगायत विस्तारको काम गरिरहेको छ ।

 

प्रकाशित मिति : १५ माघ २०८१, मंगलवार १३:४४   :  बजे

69
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।