Logo

प्रमुख समाचार

संसदबाट अध्यादेश फास्ट ट्र्याकबाट पारित हुन्छः सञ्चारमन्त्री गुरूङ



काठमाडौं । सरकारले ल्याएको अध्यादेशहरु संसदबाट फास्ट ट्रयाकबाट पारित गरिने भएको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेशलाई छिटो कार्यान्वयनमा लैजाने निर्णय गरेको सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

अध्यादेशहरु कार्यान्वयनका लागि फास्ट ट्रयाकबाट पारित गरेर आवश्यक नियमावली बनाउने निर्णय भएको उनको भनाइ छ । उनले भने, ‘हिउँदे अधिवेशन माघ १८ गते शुरु हुँदैछ । यो हिउँदे अधिवेशनबाट राष्ट्रपतिबाट पारित भएका अध्यादेशहरुलाई संसदमा फास्ट ट्र्याकबाट संसदबाट पास गर्ने काम हुन्छ । ति अध्यादेशहरु कार्यान्वयनको लागि नियमावलीहरु तदारुकताका साथ बनाउने निर्णय गरेका छौं । अध्यादेश कार्यान्वयनमा जान्छ ।’

प्रकाशित मिति : १५ माघ २०८१, मंगलवार १४:५६   :  बजे

99
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।