Logo

अर्थ

व्यक्तिगत आवासका लागि बैंकहरूको चार खर्ब ऋण



काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूले व्यक्तिगत घरजग्गा खरिदका लागि करिब चार खर्ब रुपैयाँ ऋण लगानी गरेका छन् ।

नेपाल राष्ट्र बैंकको प्रतिवेदनअनुसार २०८१ मंसिर मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले व्यक्तिगत आवास शीर्षकमा तीन खर्ब ९८ अर्ब १५ करोड २० लाख रुपैयाँ कर्जा दिएका हुन् ।

जुन एक वर्षअघिको तुलनामा २० अर्ब ४८ करोड ४० लाख रुपैयाँ बढी हो । २०८१ मंसिर मसान्तमा बैंक तथा वित्तीय संस्थाले तीन खर्ब ७७ अर्ब ६६ करोड ८० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।

सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरूले मात्र व्यक्तिगत आवाशमा तीन खर्ब १९ अर्ब ८१ करोड ४० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

जुन एक वर्षअघिको तुलनामा १५ अर्ब ७७ करोड ९० लाख रुपैयाँ बढी हो । गत वर्ष मंसिरमा तीन खर्ब चार अर्ब तीन करोड ५० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।

सञ्चालनमा रहेका १७ वटा विकास बैंकहरूले गत मंसिर मसान्तसम्म व्यक्तिगत आवास शीर्षकअन्तर्गत कुल ६३ अर्ब ९९ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

जुन एक वर्षअघिको तुलनामा दुई अर्ब ५८ करोड रुपैयाँ बढी हो । गत वर्ष मंसिर मसान्तमा व्यक्तिगत आवासमा विकास बैंकहरूले ६१ अर्ब ४१ करोड रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।

सञ्चालनमा रहेका १७ वटा फाइनान्स कम्पनीहरूले गत मंसिर मसान्तसम्म व्यक्तिगत आवासकै लागि कुल १४ अर्ब ३४ करोड ८० लाख रुपैयाँ कर्जा दिएका छन् ।

जुन एक वर्षअघिको तुलनामा दुई अर्ब १२ करोड ४० लाख रुपैयाँ बढी हो । गत वर्ष मंसिर मसान्तमा व्यक्तिगत आवासमा १२ अर्ब २२ करोड ४० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए । (आर्थिक दैनिकबाट)

प्रकाशित मिति : १५ माघ २०८१, मंगलवार २२:३६   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।