Logo

प्रमुख समाचार

पाथीभरा क्षेत्रमा केवलकार निर्माणको विवाद: घटनाबारे आफ्नो धारणा राख्न पत्रकार सम्मेलन गर्दै योगेश भट्टराई



काठमाडौं । नेकपा (एमाले)का सचिव योगेश भट्टराईले आज पत्रकार सम्मेलन गरेर पाथीभरामा केबलकार विवादबारे आफ्ना धारणा राख्ने भएका छन् ।

उनले आज मध्यान्ह १२ बजे काठमाडौंको बागबजारस्थित होटल हार्दिकमा पत्रकार सम्मलेन गरेर पाथीभरामा केहीदिन यता घटेका घटना र केबलकार निर्माणका सन्दर्भमा आफ्नो धारणा सार्वजनिक गर्ने भएका हुन् ।

उनले फेसकूकमा लेखेका छन्, ‘ताप्लेजुङ जिल्लाको धार्मिक, सांस्कृतिक र पर्यटकीयस्थल पाथीभरामा केहीदिन यता घटेका घटना र केबलकार निर्माणका सन्दर्भमा मेरा धारणा र सुचनाहरू पत्रकार मित्रहरूमार्फत सार्वजनिक गर्दैछु । त्यसका लागि माघ १६ गते अपराह्न १२ बजे बागबजारको होटल हार्दिकमा सञ्चारकर्मी मित्रहरूलाई हार्दिक आमन्त्रण गर्दछु ।’

शनिबार ताप्लेजुङको पाथिभरा क्षेत्रमा प्रहरी र केबलकार विरोधी पहिचान पक्षधरबीच झडप भएको थियो । यस झडपमा प्रहरीको गोली लागेर २ सहित तीन जना गम्भीर घाइते भएका थिए, जसका कारण उनीहरूलाई उपचारका लागि शिक्षण अस्पताल काठमाडौं पठाइएको छ । झडपमा २१ जना प्रहरी घाइते भएका छन् ।

प्रकाशित मिति : १६ माघ २०८१, बुधबार ११:३०   :  बजे

135
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।