Logo

अर्थ

इसेवा र गुडविल फाइनान्सबीच सहकार्य, इजी लोनमा २ लाख रुपैयाँसम्म पाइने



काठमाडौं । इसेवाले २ लाख रुपैयाँसम्म इजी लोन प्रदान गर्ने भएको छ । इसेवा र गुडविल फाईनान्स बिचको सहकार्यमा यो सेवा थप गरिएको हो ।

इसेवाले गुडविल फाइनान्स लिमिटेडको सहकार्यमा एजेन्टहरुलाई अब ३० हजारदेखि २ लाखसम्म इजी लोन प्रदान गर्ने छ ।

व्यवसाय सञ्चालन गर्न रकमको अभाव भएको खण्डमा होस् वा अनपेक्षित खर्चको लागि पैसाको आवश्यकता परेको बेला बैंक तथा वित्तीय संस्थाबाट ऋण लिने प्रक्रिया झन्झटिलो प्रक्रिया रही आएको छ । इजी लोन आएसँगै यो कुराको धेरै हदसम्म समाधान भएको र व्यापारिक सहजता धेरै बढाएको इसेवा एजेन्टहरूको भनाइ रहेको छ ।

प्रकाशित मिति : १६ माघ २०८१, बुधबार १७:११   :  बजे

114
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।