Logo

प्रमुख समाचार

सभापति लामिछाने र सभामुख घिमिरेबीच भेटघाट



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र सभामुख देवराज घिमिरेबीच भेटघाट सुरु भएको छ । सभापति लामिछाने र सभामुख घिमिरेबीच सिंहदरबारस्थित सभामुख घिमिरेको कार्यकक्षमा भेटघाट सुरु भएको हो ।

संसद्को हिउँदे अधिवेशन सुरु हुनुभन्दा केही घण्टा पहिले लामिछानेले सभामुख घिमिरेसँग भेटवार्ता भएको हो । लामिछानेले पार्टीका सांसदहरूलाई सिंहदरबारस्थित दलको कार्यालयमा बोलाएर भेट गर्न लागेका छन् ।

पूर्वउपप्रधान तथा गृहमन्त्री समेत रहेका लामिछाने सहकारीको रकम अपचलन तथा हिनामिना मुद्दा दायर भएपछि सांसद पद निलम्बन भएको थियो ।

प्रकाशित मिति : १८ माघ २०८१, शुक्रबार १२:२४   :  बजे

81
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।