Logo

प्रमुख समाचार

निलम्बन फुकुवाको माग गर्दै लामिछानेले दिए निवेदन, सभामुखको प्रश्न– तपाईंविरुद्ध मुद्दा चलेको होइन र?



काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले आफ्नो निलम्बन फुकुवाको माग गर्दैै सभामुख देवराज घिमिरेलाई निवदेन दिएका छन् ।

सभामुख देवराज घिमिरेलाई भेटेर निलम्बन फुकुवा निवेदन बुझाउँदै लामिछानेले आफ्नो सांसद पद निलम्बन कानुनसम्म नभएकाे भन्दै निलम्बन फुकुवा गरिदिन निवदेन दिएका हुन् ।

लामिछानेले भने,‘सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को दफा २७ बमोजिम मलाई गरिएको निवेदन कानुन सम्मत नभएको भन्दै आजकै बैठकबाट निलम्बन फुकुवा गरिदिनुस् ।’

जवाफमा सभामुख घिमिरेले लामिछानेलाई विद्यमान कानून, संसद नियमावली, अभ्यास बमोजिम निलम्बनको निर्णय गरेको बताए ।

उनले भने,‘ मैले विद्यमान कानून, संसद नियमावली, अभ्यास बमोजिम निलम्बनको निर्णय गरेको हुँ । कसैको दबाब, प्रभाव, पूर्वाग्रह र पक्षधरताका आधारमा होइन । हिजो यस पदमा अरु कोही थियो । आज म छु । भोलि अरु कोही हुन सक्छ । तर पदमा रहँदा कानूनको परिपालना गर्नु मेरो दायित्व हो ।’ सभामुखको भनाइ थियो ।

लामिछानेले सबै कुरा राखिसकेपछि सभामुखले प्रश्न गर्दै भने– तपाईंविरुद्ध मुद्दा चलेको होइन र ?”

सभामुखलाई भेट्न रास्वपाका १५ जना सांसदहरु संसद सचिवालय पुगेका थिए । रवि प्रवेश गर्नेवित्तिकै सभामुखले तपाईको स्वास्थ्य के छ भनेर सोधेको संसद सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : १८ माघ २०८१, शुक्रबार १३:०९   :  बजे

264
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।