Logo

प्रमुख समाचार

पार्टी भत्काउने कुरा यो सरकारको मेन्युमा छैन : प्रधानमन्त्री ओली



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी फुटाउने, भत्काउनेजस्ता खुद्रे कुराहरु सरकारको मेन्युमा नभएको प्रष्ट पारेका छन् । प्रतिनिधिसभाको पाँचौ अधिवेशनको पहिलो दिनको बैठकलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कांग्रेस एमाले सहितको यति बलियो सरकारको प्राथमिकता पार्टी टुक्र्याउने हुन नसक्ने बताएका हुन् ।

‘कतिपय साथीहरुबाट मैले ‘बच्चाको जस्तो स्वभाव’ भन्ने टिप्पणी पनि सुन्ने गरेको छु। वच्चा होस् वा पाका, कसैलाई पनि डर देखाउनु हुँदैन भन्ने म ठान्छु। आफैं डराउनेलाई दिन मिल्ने जवाफ चाहिँ मसँग छैन। बरु तिनीहरु आफ्नै कर्मको भयपासमा पो परेका हुन् कि भन्ने लाग्छ।’ प्रधानमन्त्री ओलीले भने, ‘आज यत्ति चाहिँ भन्छु– पार्टी टुक्र्याउने, भत्काउनेजस्ता खुद्रे कुराहरु यो सरकारको मेन्युमा छैन। ढुक्क हुनुस्–काँग्रेस एमाले सहितको यति बलियो सरकारको प्राथमकिता त्यस्तो हुन सक्दैन।’

उनले विपक्षमा रहेका साथीहरुले एउटा कुरामा आफ्नो समय व्यर्थै खेर फालेजस्तो लागिरहेको बताए ।

प्रकाशित मिति : १८ माघ २०८१, शुक्रबार १४:४०   :  बजे

87
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।