वीरगंज । नेपालमा इलेक्ट्रिक सवारीसाधन (ईभी) वितरणको अग्रणी कम्पनी सीजी मोटर्सले वीरगंजमा आफ्नो आधिकारिक ब्रान्ड लञ्च गर्दै मधेश प्रदेशमा आफ्नो उपस्थितिलाई विस्तार गरेको छ । यस अवसरमा सीजी मोटर्सले मिनोल्टा इन्भेस्टमेन्ट प्रा.लि.लाई आफ्नो आधिकारिक च्यानल पार्टनरको रूपमा नियुक्त गरेको छ ।
कम्पनीले नेपालका अटोमोबाइल क्षेत्रलाई रूपान्तरण गर्न प्रतिबद्धता जनाउँदै वीरगंजमा अत्याधुनिक इलेक्ट्रिक सवारीसाधनका विभिन्न ब्रान्डहरू प्रस्तुत गरेको छ ।
उद्घाटन कार्यक्रममा वीरगंज महानगरपालिकाका मेयर राजेश मान सिंह, मिनोल्टा इन्भेस्टमेन्टका कार्यकारी निर्देशक राजेश अग्रवाल, र सीजी मोटर्सका सीईओ/डाइरेक्टर हेमन्त अग्रवाल लगायत अन्य विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो।
यस लञ्चमा वीरगंजमा विभिन्न विश्वप्रसिद्ध इलेक्ट्रिक सवारीसाधन ब्रान्डहरू जस्तै एभाटर (AVATR), एक्सपेंग (XPENG), नेटा (NETA), आयोन V (AION V), आयोन Y (AION Y), र रिडारा (RIDDARA) प्रस्तुत गरिएको छ ।
ब्रान्डहरूको प्रमुख विशेषताहरू:
XPENG G6: ५ ताराका NCAP सुरक्षा रेटिङ, स्वचालित ड्राइभिङ प्रविधि, १९० किलोवाट मोटर, ४४० एनएम टर्क र ४३५ किलोमिटर रेन्ज।
AION Y: १०० किलोवाट मोटर, २२५ एनएम टर्क र ६१.४ kWh लिथियम आइरन म्यागजिन ब्याट्रीसहित ५००+ किलोमिटर रेंज।
AION V: लक्जरी भेरियन्टमा ५२० किलोमिटर र ६५० किलोमिटर रेंज, आठ-पोइन्ट मसाज सिट र इन-बिल्ट फ्रिज।
AVATR 11: १९० किलोवाट मोटर, स्न्यापड्रागन ८१५५ प्रोसेसर, २१-इन्च अलोय पाङ्ग्रा, सफ्ट-क्लोज ढोका, १२-तरिकामा समायोज्य सिट र डुअल ब्लुटुथ कनेक्टिभिटी।
RIDDARA RD6: अफ-रोड क्षमता, ३७७ किलोमिटर रेंज, ३८४ एनएम टर्क, V2L क्षमता र अटोम्याटिक द्वि-जोन एयर कन्डिसनिङ।
NETA X: ५०० किलोमिटर रेंज, V2L सुविधा, १५.६ इन्च टचस्क्रिन र छ वटा एयरब्यागसहितको मोडल।
यस बाहेक ग्राहकहरूको सुविधा बढाउन सीजी मोटर्सले CG Cares Service App पनि प्रस्तुत गरेको छ, जसले २४/७ सडक सहायतासम्मको सेवा प्रदान गर्दछ । नेपालभरका २१ भन्दा बढी सेवा र स्पेयर पार्ट्स केन्द्र र २३० भन्दा बढी चार्जिङ स्टेसनहरूको पहुँचको साथ, बिरगंज र मधेश प्रदेशका ग्राहकहरूले अब विशेष मर्मतसम्भार र उत्कृष्ट ग्राहक अनुभव प्राप्त गर्न सक्नेछन् ।
यस प्रकार सीजी मोटर्सले नेपाली बजारमा इलेक्ट्रिक सवारीसाधनको क्षेत्रलाई थप नयाँ उचाइमा पुर्याउने प्रतिबद्धता जनाएको छ ।




















प्रतिक्रिया