Logo

अर्थ

आज सुनको मूल्य स्थिर, कतिमा हुँदैछ काराेबार?



काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ ।

आज छापावाल सुन प्रतितोला १ लाख ६२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएकाे छ। शुक्रबार पनि सुन सोही मूल्यमा किनबेच भएको थियो ।

यसैगरी, आइतबार चाँदीको मूल्य भने घटेको छ । आज चाँदीको मूल्य प्रतितोला १ हजार ९ सय १० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी प्रतितोला १ हजार ९ सय १५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : २० माघ २०८१, आईतवार ११:४५   :  बजे

72
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।