काठमाडाैं । नेपाल टिस्यु उद्योग संघको अध्यक्षमा यादव घिमिरे निर्वाचित भएका छन् । बिहीबार लोकन्थलीमा सम्पन्न तेस्रो वार्षिक साधारण सभाले संघको अध्यक्षमा यादवलाई निर्वाचित गरेको हो ।
नयाँ कार्यसमिति उपाध्यक्षमा रामहरि कार्की, सचिवमा विष्णुप्रसाद बख्रेल, कोषाध्यक्षमा श्यामहरि लुइँटेल चयन भएका छन् ।
यसैगरी सदस्यहरूमा प्रेमहरि मैनाली, निरञ्जन घिमिरे, राजेश श्रेष्ठ, अनिल प्रधान, सुनिला गोयल अग्रवाल चयन भएका छन् । उनले टिस्यु पेपरको कच्चा पर्दाथमा सरकारले लगाउँदै आएको अन्तःशुल्क हटाउन पहल गर्ने बताए ।




















प्रतिक्रिया