Logo

प्रमुख समाचार

दाहाल किन मौन बसे संसदको पहिलो बैठकमा ? वामदेव र विद्या हिस्सिदै



विगतको परम्परा भङ्ग गर्दै गएको शुक्रवार हिउँदे संसदको पहिलो बैठकमा प्रमुख प्रतिपक्ष दलका नेता भएका पुष्पकमल दाहाल आफू नबोलेर पार्टी प्रमुख सचेतक हितराजलाई अघि सारे !

लगातार सरकार माथि आक्रमक बन्दै आएका दाहालको यो मौनताले धेरैलाई चकित पार्यो । जबकी संसदको पहिलो बैठकमा संसदमा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरुले बोल्ने परम्परा थियो ।

प्रधानमन्त्री केपी ओली, “कांग्रेस सभापति शेरबहादुर देउवा, राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन, पार्टी सभापति निलम्बनमा रहेको कारण रास्वपा उपसभापति स्वर्णिम वाग्ले लगायतले संसदमा सम्बोधन गर्दा दाहालको मौन धारणा जारी रह्यो ।

संसदको पहिलो अधिवेशनमा दाहालको मौनताले धेरैलाई आश्चर्य पार्यो । जबकी सत्ताका तर्फबाट प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले जारी अध्यादेशको आवश्यकता रहेको औंल्याउँदै त्यसको बचाऊ गरे भने प्रधानमन्त्री ओलीले ६ महिना पहिलेको भत्किन लागेको अर्थतन्त्रमा सुत्रार भएको दावी गरे।

प्रतिपक्षका दलहरुबाट संसदमा सम्बोधन गर्ने सबै जसोले सरकारले ल्याएको अध्यादेशको औचित्य माथि प्रश्न उठाए भने रास्वपा उपसभाति स्वर्णिम वाग्लेले आफ्नो दललाई पहिलो चरणमा वास्ता नगरेको, दोस्रो चरणमा खिस्सी गरेको र तेस्रो चरणमा आक्रमण गरेको भन्दै अब चौथो चरणमा पार्टी विस्तार हुने संगठन विस्तार हुने र अर्को चुनावमा बहुमत ल्याउने दावी गरे ।

स्वतन्त्र सांसद अमरेश कुमारले कसले भनेको काम भएको छैन भनेर ! सरकारले प्रशस्त काम गरेको छ भन्दै देश २६ खर्व ऋणमा डुबेको छ, कांग्रेस शिक्षा मन्त्री हुँदा नेवि संघले त्रिविमा ताला लगाउँछ एमालेको शिक्षा मन्त्री हुँदा अखिलले ताला लगाउँछ यो पनि त काम हो उनले भनेका छन् ।

प्रदेशका मन्त्रीलाई राजधानीमा अवौंको बंगला बनाउने, भ्यू टावर बनाउने, चढ्न चिल्ला गाडी किन्ने यो पनि त काम हो उनले भनेका छन् ।

जो चम्के संसदमा र चम्कदैछन् बाहिर पनि संसदको पहिलो बैठकमा राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनको सम्बोधनलाई लिएर उसै बेला संसदको ग्यालरी र बाहिर पनि निकै चर्चा भइरहेछ ।

उनले भ्रष्टाचार र सुशासनका विषयमा उठाएका कुरा सम्पत्ति शुद्धीकरणलाई लिएर आफू र आफ्ना परिवार माथि छानविन गर्न दिएको चुनौती र त्यस्तै छानविन गर्न ठूला नेताहरुलाई दिएको चुनौतीलाई लिएर राजेन्द्र लिङदेनको सम्बोधन सर्वाधिक चासो बनेको छ ।

उनले प्रधानमन्त्री तपाईले भ्रष्टाचार गर्नु हुन्छ कि हुन्न थाहा छैन तर, तपाईका वरिवरीकाले सरकारी नियुक्तिमा करोड-करोड खाई रहेका, ठेकेदारको भुक्तानीको रकममा पनि रकम असुलेका छन् उनले आरोप लगाएका छन् ।

प्रधानमन्त्री केपी ओलीले शुरुमा बोल्दै सर्वाधिक चासोको विषय बनेको कांग्रेस-एमालेले सत्ता गठबन्धन भन्दा पहिले गरेको ७ बुँदे सहमति अन्तर्गत संविधान संशोधनका विषयमा प्रधानमन्त्री ओलीले संसदमा संविधान संशोधन सम्बन्धी विधेयक ल्याइने भनेर वर्तमान सरकार संविधान संशोधन प्रति प्रतिवद्ध रहेको पुष्टि गरेका छन् ।

बरु कांग्रेस सभापति शेरबहादुर देउवाले ७ बुँदे सहमति कार्यान्वयन हुनेछ भन्नुको कारणलाई लिएर उनले यसो भन्न किन आवश्यक देखे भन्ने टिका-टिप्पणी शुरु भएका छन् ।

जबकी सबै भन्दा बढी चासोको विषय प्रमुख प्रतिपक्ष दलका नेताका रुपमा पुष्पकमल दाहाल मौन बस्नुलाई मानिएको छ ।

वामदेव र विद्या हिस्सिदै

तावा नताती बिड तातेर केही हुन्न, बामदेव र विद्यादेवीको हालत अहिले यस्तै भएको छ । एमालेमा केपी ओली पार्टी अध्यक्ष भए पछि चर्केको विवादमा पूर्व वरिष्ठ उपाध्यक्ष र उपाध्यक्ष पार्टीमा फिर्ता हन खोज्दा रोक्ने काम भएका छ ।

तेस्रो पटक आफै अध्यक्ष बन्ने दाउमा रहेका केपीलाई वामदेव र विद्या भित्र्दा  डर भयो। किनकी उसबेला ओलीलाई अध्यक्ष बनाउँदा वामदेव पक्षका ३०० मतदाताले भोट दिए। तर, माधव र ओलीको मत फरक जम्मा ४३ थियो ।

त्यो बेला माधव पक्षका महासचिव प्रदीप नेपाल पराजित हुँदा ईश्वर पोख्रेलले चुनाव जिते । पोख्रेलले आठौं महाधिवेशनमा झलनाथसँग जोडिएर महासचिव जितेका हुन् ।

पछिल्लो पटक पोख्रेल वरिष्ठ उपाध्यक्ष बनाईंदा विष्णु पौडेल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्यहरु उपाध्यक्ष नै छन् । अध्यक्ष ओलीलाई आफ्ना वरपरका बाहेक प्रतिवाद गर्ने मन पर्दैन ।

डा. भीम रावलको ठाउँमा अर्को अनुहार थिएन । एमालेबाट प्रदिप नेपाल टाढिनुमा केपी नै कारक हुन् भनिन्छ ।

उनले दुर्गा प्रसाई, कमल ओली जस्ता मात्र होइनन् एकनाथ ढकाल, चुरे भावरका बद्री न्यौपानेहरुलाई केन्द्रीय सदस्य समानुपातिक संसद बनाईएका खबर चर्चामा उल्लेख छ ।

पार्टी जे सुकै होस् भन्नेहरु केपी ओलीलाई तेस्रो पटक अध्यक्ष बनाउने रहर गर्ने धेरै छैनन् । ओलीको दास भएर रमाइलो गर्ने युवाहरुले अध्यक्षको झापड पनि खाए, तर पार्टी एकतामा आउन चाहेका वामदेवहरु हिस्सीए ।

एमालेले फागुनमा विधान अधिवेशन गर्दैछ । त्यो अधिवेशनको निर्णयले एमालेमा चर्को द्वन्द चर्कदैछ । विद्याको पूर्व क्षेत्र भ्रमण ओलीलाई मनपरेको छैन ।

प्रकाशित मिति : २२ माघ २०८१, मंगलवार ०९:४७   :  बजे

255
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।