Logo

प्रमुख समाचार

प्रधानमन्त्री ओलीको भारत भ्रमणको चर्चा र अन्योलमा उस्तै !



नेपालमा प्रधानमन्त्री चयन भएपछि पहिलो औंपचारिक भ्रमण भारत गर्ने परम्परा छ ।

यदाकदा भारतको पहिलो भ्रमण अन्योलमा पर्यो भने नेपाल र भारत बिचको माधुर्यातामा मेल नखाएको मानिन्छ ।

दुई मुलुकबीच अन्योल परेका उदाहरण पनि नभएका होइनन् ।

पछिल्लो समय केपी ओलीलाई भारतले निम्तो दिएन भनेर खिसिट्यूरी गर्नेहरुको संख्या बढेको छ ।

यो बौद्धिक क्षमताको कमजोरी हो । निम्तो नदिएको कि हेपेको ? यो समग्र नेपालको अस्तित्वको विषय हो ।

ओलीका कमजोरी होलान्, गफाडी होलान्, उखाने होलान्, तर नेपालका प्रधानमन्त्री हुन् । उहाको सम्मानसंग आम नागरिकको सम्मान जोडिएको हुन्छ ।

उनले भारत भ्रमण गर्न चाहे पनि भारतले निम्तो दिएन । पटक-पटक मिति तोक्ने गरि छलफल भए पनि अझै मिति तय भएको छैन् । यो बिचमा प्रधानमन्त्री ओली चीन गए ।

अझै पनि ओली भारत भ्रमण गर्ने तैयारीमै छन्, भारतले निम्तो दिने छेउछन्द देखाएको छैन ।

थिङ्क टेङ्क मानिएका बुद्धिजीवीहरूले प्रधानमन्त्रीलाई सुझाव दिनुपर्ने हो, भारतले बंगलादेश, श्रीलंका, पाकिस्तान भ्रमण गर्नुपर्छ ।

नेपाल सार्क अध्यक्ष पनि हो । अन्य सार्क मुलुकमा प्रधानमन्त्रीले भ्रमण रोक्नुहुन्न । दक्षिण एसिया, विश्वका अन्य मुलुकसँग नेपालको सम्बन्ध बढाउँदै लानुपर्छ ।

नेपालको बौध्दिक बृत्त, अनुभवी कूटनीतिज्ञहरू किन नेपालको हितमा सोच्दैनन्, बोल्दैनन् ?

प्रधानमन्त्री समग्र राष्ट्रको हो । प्रधानमन्त्री कुनै दल विशेषको होईंन ।

प्रधानमन्त्री ओलीलाई खिसिट्यु गर्दा हरेक नेपालीको मन चिसिक्क हुन्छ ।

भारत होस् या अन्य मुलुक नियोजित र प्रायोजित तवरमा भ्रमण रोकिनु चिन्ताको विषय हो ।

प्रधानमन्त्री ओलीको भारत भ्रमण एकाएक रोकिए पछि नेपाल भारत बिचको सम्बन्ध मजबुत बन्न नसकेको चर्चा छ । थप अन्योल बढाएको छ ।

प्रकाशित मिति : २२ माघ २०८१, मंगलवार २१:४५   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।