पाँच मधेशवादी दलहरू संविधान संशोधनको विरूद्धमा एक ढिक्का बनेका छन् ।
उनीहरू संघीयता गुम्ने डरले संविधान संशोधनको विरूद्धमा एक भएको बुझ्न सकिन्छ ।
यी दलहरू कांग्रेस एमाले गठबन्धन सरकारका साझेदार हुन् । संविधान संशोधन गरिन्छ भनेर प्रम ओलीले बोलेपछि विरोधी मोर्चामा सामेल हुन पुगेका हुन् ।
संविधान संशोधन गर्ने पहल सरकारले थालेका छ, यसकारण पनि यी मधेशवादी दलहरू बिच्किन पुगेका हुन् ।
पाँच दलहरूमा डा. सीके राउत नेतृत्व जनमत पार्टी, अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा), महन्थ ठाकुर को लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टी र उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल रहेका छन् ।
एकाएक यी सत्ताधारी मधेशवादी विरोधी मोर्चामा पुगे । कसले कान फुक्यो यिनलाई ? कांगस्रे एमालेको गठबन्धन सरकार संविधान संशोधन र राजनीतिक स्थिरताको मुख्य एजेण्डासहित बनेको थियो ।
दुबै दलका नेताहरू सहमति गरेर अघि बढ्नेधारणा अघि सारिरहेका छन् । यी दुबै पार्टीवीच थ्रेस होल्ड बढाउने र निर्वाचन प्रणाली नै पुनरावलोकन गर्ने सहमति पनि भएको छ ।
समानुपातिक निर्वाचन प्रणाली हटाउने विषय पनि छलफलमा छ । मधेशवादी दलहरू यी एजेण्डाहरूको बिरोध गरिरहेका छन् ।
नागरिक समाजमा संघीयता पनि भार बनेको विषयले महत्व पाएकाले पनि मधेशवादीहरू आफूलाई लाभदायी भएका यी यावत विवषय काटिनेमा बढी सशंकित र भयग्रस्त देखिदै आएका छन् ।
कांग्रेस र एमालेवीच गत असार १७ गते संविधान संशोधनसहितको ७ बँदुेसहमति भएपछि तत्कालीन प्रचण्ड नेतृत्वको सरकार ढलेर असार ३० मा २ वर्ष ओलीले चलाउने र त्यसपछि चुनावी सरकारको नेतृत्व कांग्रेस शरेबहादुर देउवाले गर्ने भनी अन्य ५ दलसहित सरकार बनेको थियो ।
एकाएक ३२ सिटे माओवादी केन्द्र प्रतिपक्षमा झरेको थियो । यसलाई माओवादीले संसदीय प्रणालीकै उपहास भनेको मानेको छ । मधेशवादी भन्छन्–मोर्चाले सरकारको बिरोध गर्दैन ।
संविधान संशोधनमा सामूहिक सुझाव दिन्छ । जसपा अझ खुल्यो– ‘संविधान संशोधनमा सुझाव दिन मोर्चा बनाएका हौं । सरकारको विरूद्धमा होइन ।
संविधान संशोधनमा हाम्रा माग समेटिनुपर्छ, एकीकतृ सुझावका साथ दबाब दिने मोर्चाको उद्देशय छ ।’ मधेशवादी दलहरूले मोर्चा बनाएपछि प्रतिपक्षी माओवादी र अन्य दलहरू खुशी भएका छन् ।
अब सरकार कमजोर भयो, यो आफै ढल्छ भन्न थालेका छन् ।
मोर्चा किन बन्यो भन्ने अन्यौलमा रहेका कांग्रेस एमाले सरकारको नेतृत्व र सहयोगीहरू भने तर्सेको मनस्थिति देखाउन थालेका छन् ।
संविधान संशोधन आफ्नो हिसावले हुनपुर्छ भनेर बनेको मधेशवादी दलहरूको एकतासहितको मोर्चा बनेपछि प्रतिपक्षीहरू सरकारमा रहेका ४ मधेशी दलहरूलाई सरकारबाट बाहिरिन सुझाव दिन थालेका छन् ।
यसैबीच के हो भनेर नाडी छाम्न गठबन्धन सरकारका प्रतिनिधिले सरकार विरोधी मोर्चा छोड्ने कि सरकार भनेर प्रश्न उठाउन थालेका छन् ।
कांग्रेसी भन्छन्–‘प्रधानमन्त्रीले सबैसँग सल्लाह गरेर संविधान संशोधन हुने बताइसकेपछि किन माधेशवादी दलहरूले मोर्चा निर्माण गरेका हुन्, कि सरकारमा बस्नुस्, कि मोर्चामा बस्नुस् ?
रोजाइ उनीहरूको हो’ भनेका छन् । मधेशवादी दलहरूले मोर्चावन्दीको बारेमा ठूला दलहरूलाई प्रष्ट पार्नका लागि छलफल अघि बढाएका छन् ।
संविधान संशोधनको विषय चर्किदै गएको छ आजको गोरखा एक्सप्रेसमा समाचार छ ।




















प्रतिक्रिया