काठमाडौं । सुनको मूल्य आइतबार तोलामा १ सय रुपैयाँ बढेको छ ।
आजका सुनकाे मूल्य प्रतितोला १ लाख ६८ हजार २ सय रुपैयाँ तोकेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । अघिल्लो दिन १ लाख ६८ हजार १ सय रुपैयाँ थियो ।
चाँदीको मूल्य तोलामा २५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १९८५ रुपैयाँ रहेको चाँदी आज १९६० रुपैयाँमा झरेको छ ।




















प्रतिक्रिया