काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले भूमिसम्बन्धी अध्यादेश अस्वीकार गर्ने निर्णय गरेको छ ।
सिंहदरबारमा मङ्गलबार बसेको संसदीय दलको बैठकले प्रतिनिधिसभा र राष्ट्रियसभा दुवैमा उक्त अध्यादेशमा सरकारलाई समर्थन नगर्ने निर्णय गरेको हो ।
पार्टीले भूमिसम्बन्धी अध्यादेश दीर्घकालीन रूपमा मुलुकको हितमा नरहेको निष्कर्ष निकालेको उपाध्यक्ष राजकिशोर यादवले जानकारी दिए ।




















प्रतिक्रिया