Logo

अर्थ

नेपाल टेलिकमको नाफा घट्यो



काठमाडौं । नेपाल टेलिकमको नाफामा प्रतिशतले गिरावट आएको छ । कम्पनीले सार्वजनिक गरेको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार साउनदेखि पुस मसान्तसम्म खुद नाफा २ अर्ब ६३ करोड रुपैयाँ छ । गत आर्थिक वर्षको यसै अवधिमा यस्तो आम्दानी ३ अर्ब ९३ करोड रुपैयाँ थियो ।

चालु आव दोस्रो त्रैमासिक अवधिसम्म कम्पनीको आम्दानी १७ अर्ब रुपैयाँ छ । गत आवको यसै अवधिमा यस्तो आम्दानी १७ अर्ब २४ करोड थियो ।

प्रतिसेयर आम्दानी २९ रुपैयाँ २८ पैसा छ । पहिले यस्तो आम्दानी ४३ रुपैयाँ ६८ पैसा थियो । कम्पनीको प्रतिसेयर नेटवर्थ ५०६ रुपैयाँ ३४ पैसा छ ।

 

प्रकाशित मिति : ३० माघ २०८१, बुधबार १०:३७   :  बजे

81
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।