Logo

राजनीति

फास्ट ट्र्याकबाट तोकिएको मितिभित्रै तरुण दलको महाधिवेशन सम्पन्न हुन्छ : अध्यक्ष गुरुङ



काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलकाे महाधिवेशन फास्ट ट्र्याकबाट निर्धारित समयमै सम्पन्न गर्ने भएको छ । बुधबार बसेको तरुण दल केन्द्रीय समिति र जिल्ला अध्यक्षहरुको संयुक्त बैठकले महाधिवेशनका विषयमा द्विविधा नराख्न आग्रह गर्दै महाधिवेशन निर्धारित समयमा गर्ने निर्णय भएको मुख्य सचिव ठान प्रसाद पोखरेलले बताए ।

बैठकमा बोल्दै तरुण दलका अध्यक्ष गुरुङले समयमै अधिवेशन सम्पन्न गर्छ भन्ने कुरा पार्टिलाई बिश्वास रहेको बताए । अध्यक्ष गुरुङले जिल्लामा केन्द्रीय सदस्य र जिल्ला अध्यक्षहरूबीच एक ढिक्का भएर अधि बढ्न निर्देशन दिदै केन्द्रीय सदस्य सम्वन्धित जिल्लामा केन्द्रीय प्रतिनिधिको रुपमा खटाइने बताए ।

यस्तै, आगामी चैत २ र ३ गते केन्द्रीय कार्यसमितिको बैठक आह्वान गरी वडा तहदेखि जिल्ला अधिवेशनको कार्य तालिका बनाउने निर्णय पनि गरेको छ ।

अन्तरजातीय विवाहका सम्बन्धमा सामाजिक सञ्जालमा आएका विवादास्पद कुराहरूको भर्त्सना गर्ने निर्णय पनि गरेको मुख्य सचिव पोखरेलले बताए ।

संविधानले नै जातीय विभेदको अन्त्य गरेकोले सोही अनुसार व्यवहार गर्न दलको बैठकले सबैलाई आग्रह समेत गरेको उनले बताए ।

प्रकाशित मिति : १ फाल्गुन २०८१, बिहीबार ११:५९   :  बजे

114
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।