Logo

प्रमुख समाचार

नेसपा नयाँ शक्तिको अध्यक्षमा डा. बाबुराम भट्टराई विजयी



काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) पार्टीको अध्यक्षमा डा. बाबुराम भट्टराई विजयी भएका छन् । अध्यक्षका अर्का प्रत्याशी नेत्र चापागाईंलाई पराजित गर्दै भट्टराई अध्यक्षमा विजयी भएका हुन् ।

खसेका जम्मा ८७३ मतमध्ये भट्टराईले ८ सय २ मत र चापागाईँले ७१ मत ल्याएका छन् । मत परिणामको औपचारिक घोषणा साँझ ५ बजे पत्रकार सम्मेलन गरेर दिने नवनिर्वाचित उपाध्यक्ष मानुषी यमी भट्टराईले जानकारी दिएकी छन् ।

त्यहाँ समाजवादीको प्रथम राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारी र सदस्यहरूको शपथ ग्रहण कार्यक्रम समेत छ । साथै, भट्टराईले सम्बोधन समेत गर्ने छन् ।

आइतबारदेखि प्रज्ञा भवनमा सुरू भएको नेसपा नयाँ शक्तिको महाधिवेशन नेतृत्व चयन गरेर आज सकिँदैछ । यसअघि महाधिवेशनको बन्दसत्रबाट भट्टराईले पेस गरेको राजनीति तथा सांगठनिक प्रतिवेदन अनुमोदन भएको थियो ।

प्रकाशित मिति : १ फाल्गुन २०८१, बिहीबार १७:१९   :  बजे

255
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।