Logo

राजनीति

प्रतिनिधि सभाको बैठक बस्दै, आज प्रधानमन्त्रीले जवाफ दिने



काठमाडाैं । प्रतिनिधि सभाको बैठक आज बस्दै छ । संसद भवन नयाँ बानेश्वरमा बस्ने बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।

आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदले सोधेका प्रश्नहरुको जवाफ दिने कार्यसूची रहेको छ ।

संसद सचिवालयका अनुसार बैठकमा गृहमन्त्री रमेश लेखकले नेपाल नागरिकता दोस्रो संशोधन विधेयक २०८१ सामान्य छलफलका लागि संसदमा पेस गर्ने कार्यसूची समेत रहेको छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०८१, आईतवार १०:४३   :  बजे

99
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।