Logo

प्रमुख समाचार

प्रधानमन्त्री ओलीलाई बालेनको आग्रह- ‘मलाई मेयर हो भनेर बिर्सिनुस्, नेपाली भएर बाँच्न दिनुस्’



काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन गर्दै नेपाली भएर बाच्ने आधार दिन आग्रह गरेका छन् ।

विदेशी राष्ट्रहरूले लगातार हेप्ने गरेको सन्दर्भ उल्लेख गर्दै उनले आफूलाई मेयर हो भन्ने बिर्सिएर एक नेपालीको आधारमा बाँच्ने वातावरण बनाउन आग्रह गरेका हुन् ।

सामाजिक सञ्जालमा उनले लेखेका छन् – ‘प्यारो प्रधानमन्त्री ज्यु, अमेरिकाले भ्रष्ट भनिसक्यो, इन्डियाले भिखारी भनिसक्यो , चीनले मान्छे गन्दैन, मलाई मेयर हो भनेर बिर्सिनुस्, नेपाली भएर बाच्ने आधार त दिनुस् ।’

प्रकाशित मिति : ९ फाल्गुन २०८१, शुक्रबार ११:०२   :  बजे

171
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।