काठमाडौं । बीमा नियमावली–२०८१ आज फागुन १२ गते नेपाल राजपत्रमा प्रकाशित भएको छ । योसँगै बीमा नियमावलीले कानुनी मान्यता पाएको छ ।
सरकारले केही दिनअघि स्वीकृत गरेको बीमा नियमावली आज नेपाल राजपत्रमा प्रकाशित गरेको हो । मन्त्रिपरिषद्को माघ २८ गते बसेको बैठकले बीमा नियमावली स्वीकृत गरेको थियो । २०७९ कात्तिक २२ गते बीमा ऐन २०७९ लागू भएको २६ महिनापछि नियमावली मन्त्रिपरिषदले स्वीकृत गरेको हो ।
अब नेपाल बीमा प्राधिकरणले नियमावली लागू गर्ने प्रक्रिया अगाडि बढाउनेछ। यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ ।





















प्रतिक्रिया