Logo

राजनीति

तरुण दल अध्यक्ष गुरुङद्वारा कांग्रेसका संस्थापक नेता भट्टराईको चौधौं स्मृति दिवसमा श्रद्धाञ्जली अर्पण



काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले नेपाली कांग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराईको चौधौं स्मृति दिवसको अवसरमा उनीप्रति भावपुर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् ।

यस अवसरमा गुरुङले भट्टराईलाई प्रजातन्त्रका सिपाही र सन्त नेता भन्दै उनको योगदानको सराहना गरे । पञ्चायत र तानाशाही राणा शासनविरुद्ध संघर्ष गर्दै भट्टराईले मुलुकमा प्रजातन्त्र स्थापना गर्न महत्त्वपूर्ण भूमिका निभाएका थिए ।

गुरुङले भने- “भट्टराईले देशको राजनीतिक इतिहासमा उल्लेखनीय स्थान राख्नु भएको छ। उहाँको नेतृत्व र सादगीले हामीलाई अझै पनि प्रेरित गर्दछ। दुई चोटि प्रधानमन्त्रीको पद सम्हाल्नुभएको भट्टराईले आफ्नो पदबाट अवकाश लिदा छाता, ट्याङ्का र सुराही मात्र लिई देशका लागि आफ्नो योगदान समाप्त गर्नुभयो। उहाँको सादगी र शुद्धताको उदाहरण हामी सबैका लागि प्रेरणाको स्रोत हो।”

नेपालका लागि अझै प्रगति र समृद्धिको मार्गप्रशस्त गर्न गुरुङले सबैलाई भट्टराईको जीवन र कार्यबाट सन्देश लिने र राष्ट्रको विकासमा योगदान पुर्याउन आह्वान गरेका छन् ।

भट्टराईको चौधौं स्मृति दिवसमा उनको योगदानलाई सम्झदै नेपाल तरुण दलले विभिन्न कार्यक्रम र श्रद्धाञ्जली अर्पण गरिरहेका छन् ।

 

 

प्रकाशित मिति : २० फाल्गुन २०८१, मंगलवार ११:३८   :  बजे

84
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।