Logo

प्रमुख समाचार

संसद् बैठकअघि प्रचण्डले बोलाए विपक्षी दलको बैठक



काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विपक्षी दलहरूको बैठक बोलाएका छन् । बिहान प्रचण्ड निवास खुमलटारमा पदाधिकारीको अनौपचारिक बैठकले विपक्षी दलहरूको बैठक बोलाएको माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले बताए ।

बैठकमा भाग लिनका लागि अध्यक्ष प्रचण्डसहित माओवादीका शीर्ष नेताहरू अहिले संसद् भवन नयाँ बानेश्वर जाँदैछन् । विपक्षमा माओवादी, नेकपा एकीकृत समाजवादी, रास्वपा, राप्रपा, राजमो, आजपा रहेका छन् ।

सरकारले भूमिसम्बन्धी अध्यादेश बाहेक पाँचवटा अध्यादेश आज दिउँसो बस्ने संसद् बैठकमा निर्णायर्थ पेस गर्ने तयारी गरेको बेला विपक्षी दलको बैठक बस्न लागेको हो ।

प्रकाशित मिति : २१ फाल्गुन २०८१, बुधबार ११:५७   :  बजे

93
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।