काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्सको सेयर कारोबार आउँदो सोमबारबाट कारोबारमा आउने भएको छ ।
नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओ आज बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ । कुनै पनि कम्पनीको साधारण सेयर नेप्सेमा सूचीकृत भएको दोस्रो दिनबाट कारोबार आउँछ। तर, भोलि शुक्रबार सेयर कारोबार नहुने र आइतबार राम नवमीको सार्वजनिक बिदा परेकोले यो कम्पनीको सेयर आउँदो सोमबारबाट कारोबारमा आउने भएको हो ।
आइपीओ सूचीकरण सम्झौतापत्रमा नेप्सेका प्रमुख कार्यकारी अधिकृत चूडामणि चापागाइँ र नेपाल माइक्रो इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत मृगेन्द्र रिमालले हस्ताक्षर गरेका छन् ।
नेपाल माइक्रोको १०० रुपैयाँ अंकित दरका कुल ७५ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ ।




















प्रतिक्रिया